सिरहा । सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधी घरेलु टोली सलहेश युवा कल्व(रातो)ले उचालेको छ ।
सदरमुकाम सिरहामा रहेको सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा आयोजित फाईलन खेलमा सलहेश युवा कल्व(रातो)ले रारा फुटबल कल्व राजारानी धनकुटालाई १–२ गोल अन्तरले पराजित गर्दै उपाधी कब्जा गरेको छ ।

उपाधी घरेलु टोली सिरहाले नगद २ लाख ७१ हजार सहित गोल्डकप ट्रफी, मेडल र प्रमाण पत्र पाएका छन् । त्यसैगरी उपविजेता रारा फुटबल कल्व राजारानी धकुटाले नगद १ लाख ३५ हजार सहित उपविजेता ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् । गत फागुन २१ देखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १० वटा फुटबल टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा नगरस्तरीय फुटबल प्रतियोगितावाट चयन भएका २२ वटै वडाका खेलाडी सहितको सलहेश युवा कल्व (निलो) लाई सहभागिता गराएको थियो । स्थानीय खेलाडीलाई व्यवसायिक र खेलप्रति जागरुक बनाउन आयोजक सलहेश युवा कल्वले आफ्नो अर्को टोलीको रुपमा सलहेश युवा कल्व (निलो) बनाएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!