सिरहा । सिरहामा तस्करीसम्बन्धी भिडियो रिपोर्ट प्रकाशित भएपछि पत्रकारलाई घरमै पुगेर धम्की दिएको आरोपमा एक जना प्रहरी नियन्त्रणमा परेका छन् ।

अपन दैनिकमा सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी फस्टाउँदै गएको विषयमा सोमबार भिडियो रिपोर्ट प्रकाशित भएको थियो । उक्त भिडियो रिपोर्ट प्रकाशित भएपछि सिरहाको औरही गाउँपालिका–४, कमलपुर निवासी अपन दैनिकका सञ्चारकर्मी श्यामकुमार यादवलाई बिहीबार बिहान करिब ९ बजे घरमै पुगेर धम्की दिएको आरोपमा सिरहा नगरपालिका–१८, लक्ष्मीनिया निवासी अजय यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

धम्की दिइएको भन्दै श्यामकुमार यादवले प्रहरीलाई खबर गरेपछि औरही प्रहरीबाट खटिएको टोलीले अजय यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता रमेशबहादुर पालले जानकारी दिए ।

डीएसपी पालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि मात्रै घटनाको विस्तृत विवरण खुल्ने उनले बताए ।

भिडियो रिपोर्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय