सिरहा । झापाको बेलडागीमा आयोजित अन्तराष्ट्रिय आमन्त्रण प्रथम जय हुमागाई मेमोरियल गोल्डकप फुटबलको फाईनलमा प्रवेश गरेको छ ।
सेमिफाईनल खेलमा एभिनियर फुटबल क्लब क्यामरूनलाई १–० गोल अन्तरले पराजित गर्दै सहलेश युवा क्लव सिरहा फाईनल प्रवेश गरेको छ । मध्यानपछि भएको खेलमा सहलेस युवा कल्वका अजय मार्टिनले गरेको गोल नै निर्णायक साबित भयो ।
खेलको प्लेयर अफ दि म्याच सहलेश युवा क्लव सिरहाका गोलकिपर पुजन होनालाई घोषित गरिएको छ । गोलकिपर ओनालाई आयोजले ५ हजार नगद सहित प्लेयर अफ दि म्याचको अवार्ड प्रदान गरिएको सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् ।
विजेतलाई नगद पाँच लाख सहित गोल्डकप ट्रफी र उपविजेतालाई ३ लाख नगद प्रदान गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय