विभागीय नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक जितेको छ ।

उसले मंगलबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाफ एपिएफ क्लबलाई ५ रनले हराउँदै  स्वर्ण जित्यो । उसले डेब्यु प्रतियोगितामै स्वर्णपदक जितेको हो ।

९० रनको लक्ष्य पछ्याएको एपिएफले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै ८४ रन मात्र बनाउन सक्यो ।

उसका लागि रोमा थापाले २६ र राजमती ऐरीले अविजित १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसका लागि इश्वरी बिष्टले २ तथा कप्तान रूबिना क्षेत्री,संगिता राई र हिरन्माई रोयले १–१ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।

उसका लागि काजल श्रेष्ठले सर्वाधिक २७ रनको योगदान दिइन् । सम्झना खड्काले २१, कविता जोशीले अविजित १३ र कविता कुँवरले ११ रन जोडे ।

एपिएफका लागि नेरी थापा, इन्दु बर्मा र कप्तान सीता राना मगरले १र१ विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय