
उपेन्द्र यादव पक्षलाई आधिकारिताका दिने निर्र्वाचन आयोगको निर्णयबिरुद्ध अदालत पुगेको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई सर्वोच्चले पनि निराश पारेको छ ।
ठाकुरले दिएको रिटमा सोमबार सुनुवाई गर्दै सर्बोच्च अदालतले आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय कायमै रहने भएको छ ।

५१ सदस्यीय जसपाका ३५ सदस्य यादव पक्षमा उभिएपछि आयोगले उनकै नेतृत्वलाई पार्टीको आधिकारिता दिएको थियो । यादव पक्षले ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति बनाउँदै आयोगमा दर्ता गरिसकेको छ । योसँगै ठाकुर पक्षिय १६ सदस्यको हैसियत साधारण सदस्यमा सिमित भएको छ ।