करेन्ट लागेरबारा

काठमाडौं । बारामा शौच गरेर मलद्वार धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका ८ बेतौना टोलका ३२ वर्षीय श्यामबाबु साह रहेका छन् ।

उनको मंगलबार बिहान शौच गरेर मलद्वार धुने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । साह बिहानै शौच गर्न खेतमा गएका थिए ।

शौचपछि मलद्वार धुने क्रममा खेतमा रहेको मोटरको तारबाट पानीमा करेन्ट प्रवाह हुँदा उनी गम्भिर घाइते भएका थिए । करेन्ट लागेपछि उनलाई उपचारको लागि कलैया अस्पताल लगिएपनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!