काठमाडौं । नेकपा एमालेले सातवटै प्रदेशको इन्चार्ज तोकेको छ।
आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो । बैठकले प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे, प्रदेश-२ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारीलाई जिम्मेवारी तोकेको हो ।

त्यस्तै गण्डकी प्रदेशमा पद्मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ।



