नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । बैठकमा समसामयिक विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिफ्रिङ गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकमा सरकार विस्तारको विषयमा छलफल भएको बताए । ‘अध्यादेशको कारणले अलिकति डिले भएको थियो । यो काम करिब–करिब सकिएको छ । मेरो विचारमा आज या भोलिसम्म सरकार विस्तारको काम सकिन्छ । यो रिपोर्टिङ अध्यक्षबाट भएको थियो,’ महराले बताए ।

‘भोलि पार्लियामेन्ट बस्दै छ । अध्यादेशको विषय त्यसपछि टुंगो लाग्छ । कुन–कुन मन्त्रालय क–कसले पाउने भन्ने विषयमा छलफल भएको छ,’ राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने वा अर्को अध्यादेश ल्याउनेगरी छलफल भएको बताउँदै महराले भने, अध्यादेशको विषयमा फिर्ता गर्ने भन्दा पनि अर्को विधेयक ल्याउने । एउटा प्रयोजनको लागि सिद्धियो । अर्को प्रयोजनको लागि प्रतिस्थापन गर्ने अथवा अर्को ल्याउने ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!