
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन भइरहेको छ । मंसिर ९ देखि १३ गतेसम्म हुने महाधिवेशन कार्यतालिका अनुसार शुक्रबार ५६ जिल्लामा वडा अधिवेशन आरम्भ भएको हो ।
२१ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक नभएकाले वडा अधिवेशनको टुंगो अन्योलमा छ । बाँकी जिल्ला अधिकांश जिल्लामा आज अधिवेशन भइरहेको काँग्रेस निर्वाचन समितिका सदस्य सचिव जगनाथ श्रेष्ठले जानकारी दिए । श्रेष्ठमार्फत अधिवेशन भइरहको जिल्लाको सूची प्राप्त भएको छ ।

आज अधिवेशन सुरु भएका जिल्लामा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, दोलखा, सिन्धुली, मकवानपुर, भक्तपुर र गोरखा रहेका छन् ।
यस्तै लमजुङ, तनहुँ, कास्की, मनाङ, पर्वत, स्याङ्जा, म्याग्दी, नवलपरासी, रुपन्देही, अर्घाखाँची,रुकुम पश्चिम, जुम्ला, जाजरकोट, दैलेख, बझाङ, डोटी, अछाम र कञ्चनपुरमा पनि आज अधिवेशन भइरहेको उनको भनाइ छ ।
वडा अधिवेशन सुरु भएका केही जिल्लामा आज निर्वाचन भने भएको छैन । भक्तपुरमा आज उम्मेदवारी दर्ता, उम्मेदवारको प्रथम नामावली प्रकाशन, मनोनयन पत्रको दावी विरोध, मनोनयपत्र फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने क्रममा छ । यस्तै निर्वाचन भने २१ गते हुने छ ।
यसैगरी झापा र मुस्ताङमा १९ गते तथा दाङमा २० गते वडा अधिवेशन हुने श्रेष्ठले बताए ।
त्यसै गरी २१ गते धनकुटा, सुनसरी, नुवाकोट, धादिङ, चितवन, बाग्लुङ, नवलपुर, ललितपुर, पाल्पा, सल्यान र मुगुमा अधिवेशन हुने छ ।
गुल्मी, प्युठान, कालिकोट, दार्चुला र बैतडीमा २२ गते अधिवेशन हुने श्रेष्ठको भनाइ छ । रोल्पा र रामेछापमा २३ गते अधिवेशन हुने छ ।
निर्वाचन अधिकृतबाट हुम्लाको रिपोर्ट भने आइनपुगेको श्रेष्ठले बताए ।