माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल नेकपा माओवादी केन्द्रसँग एकता नगर्ने भएको छ ।

नेकपा एमालेबाट अलग भएका आफ्नो नेतृत्वमा नयाँ पार्टी बनाएका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधार बनाउने पहिलो प्राथमिकता भएको बताए ।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले वाम लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

उनले भने, ‘अरु कुनै पार्टीसँग तत्काल एकता गर्ने छैन । यो पार्टी माओवादीमा गएर मिल्छ कि भन्ने भ्रम नराखे हुन्छ । अहिले यो पार्टीको आधार बलियो बनाउने छौं ।’

देशव्यापी संगठन बनाएर कार्यकर्तामा नयाँ उर्जा ल्याउने, वुथसम्म कमिटी बनाउने र एक कार्यकालपछि अध्यक्ष पदमा नबस्ने समेत उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!