सिरहा । प्रतिनिधि सभा निर्वाचनका लागि जसपा नेपालबाट सिरहा क्षेत्र ४ बाट पूर्वमन्त्री तथा केन्द्रीय उपाध्यक्ष राजकिशोर यादवसहित ६ जनाको नाम सिफारिस भएको छ । मिर्चैयामा सोमबार बसेको क्षेत्रीय विस्तारित बैठकले ६ नेताको नाम सिफारिस गरेको हो ।

प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ पूर्वमन्त्री यादवसहित केन्द्रीय सचिव सुरेशकुमार मण्डल र रामकुमार मण्डलको नाम सिफारिस भएको छ । यस्तै, समानुपातिक तर्फ चन्देश्वर पासवान, त्रिपूरा झा र रेणु यादकको नाम सिफारिस भएको पार्टीले जनाएको छ ।

सिरहा क्षेत्र नम्बर ४ मा मिर्चैया, कल्याणपुर र कर्जन्हा नगरपालिका तथा नरहा र विष्णुपुर गाउँपालिका गरी पाँच स्थानीय तह पर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!