काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार-विमर्श गरेको छ।

पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो। बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरूले आफ्नो धारणा राखेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए।

‘आजको बैठकमा सबै नेताहरूले मधेस प्रदेश सरकारको सुरक्षाको प्रत्याभूति खोज्नुभयो भने सोहीअनुरूप आफ्नो धारणा पनि राख्नुभयो। परिस्थिति अत्यन्तै तरल छ, यसको टुङ्गो लागेपछि मात्रै पार्टी निर्णयमा पुग्छ,’ उनले भने। प्रवक्ता सुमनका अनुसार सत्ता साझेदार दलको बैठकको निर्णयपछि पार्टीले पुनः बैठक बसेर आधिकारिक निर्णय गर्नेछ।

जनमत पार्टीले पनि मधेस प्रदेश सरकारको विषयमा टुंगो लागेपछि थप निर्णय गर्ने भएको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले बताए। उनले भने, ‘मधेस प्रदेशको मुख्यमन्त्री हाम्रो ‘बटम लाइन’ हो। पुरानो सम्झौताअनुसार नै अघि बढ्नुपर्छ भन्ने धेरैको धारणा छ।’ -रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!