समाज रुपान्तरमा युवाको भूमिका महत्वपूर्ण रहन्छ । त्यसो पनि आफ्नो दबिएको आवाजलाई मुखरित गर्न र त्यसको प्राप्तिको विगुल फुक्न पनि युवा नै अगाडी सर्नुपर्छ । मधेश विद्रोह सुरु हुनुपूर्व धेरैमध्येका एक युवा जुझारु युवा थिए, कुमार विवेक अर्थात विवेक यादव । र, पहिलो मधेश विद्रोहपछि अर्का युवा जितेश कर्ण सशक्त रुपमा अगाडी देखिए ।
तात्कालिन औरही स्टेट अर्थात अहिलेको औरही गाउँपालिका ५ का मूलबासी कुमार विवेक सिरहा नगरपालिका–७ मा बस्दै आएका थिए । आफूलाई लागेका कुरा प्रखरसँग व्यक्त गर्ने स्वाभावका उनी मधेश आन्दोलनमा अग्रपंक्तिमा रहे । पहिलो मधेश विद्रोह २०६३ अघिदेखि नै सक्रिय रहेका कुमार विवेक अहिले गुमनाम हुन पुगेका छन् । आखिर किन यस्तो भयो ? एउटा उर्जावान युवा, जसले समाजलाई अगाडी डोड्याउन ल्याकत राख्थे, आज आफैं गुमनाम हुनुपछिको कारण के ?
अपन दैनिक पत्रिकाको २०७१ सालमा सुरुवात गर्दा एउटा जुझारु युवाको रुपमा हामीसँग सहकार्य गर्दै समाजलाई अगाडी डोड्याउन रतिभर विचलित नहुने दृढता बोकेका युवा कुमार विवके गुमनाम भएका छन् । १७औं बलिदानी दिवस र अपन दैनिक पत्रिका प्रकाशन थालिएको १०औं वर्षमा प्रकाशन गर्ने विशेष अंगको निम्ति यो पंक्तिकारले त्यही जुझारु गुमनाम युवासंग संवाद गरेको छ । मधेशले लामो संघर्ष पश्चात देशमा संघीयता आएपनि मधेशमा मधेशवादी दलकै सरकार हुँदापनि सडकमा संघर्षमा रह्ने योद्धालाई विर्सिदिदा खिन्नता प्रकट गरेका छन् । अहिले आफैं गाउँ औरहीमा बस्दै छोराछोरीको पठनपाठन र घरायसी जीवनयापनमा जुटेका कुमार विवेक विगतको आन्दोलन सम्झिदै एउटा क्रान्किारी भएको बताउँछन् । क्रान्तिकारीलाई राज्यले स्वीकार गर्न सक्दैनन् । आफूमा अझैं त्यो ज्वाला कायम रहेको बताउँछन् । सिरहाको क्याम्पस चौकमा पुस्तक पसल संचालन गर्दाखेरी सयौं जनालाई उनले सहयोग गरेका छन् । ती दिन र आन्दोलन सम्झिदा मधेशवादी दलका नेताहरु सम्पन्न भएपनि मधेशका नागरिक पछौटेपनको शिकार भएको बताउँछन् । मधेशले न्याय खोजेको र त्यो मधेशवादी दलका नेताहरुवात प्राप्त हुन नसेको उनको बुझाई छ ।
आफूजस्ता हजारौं युवाहरु सडकमा उत्रिए पहिचान स्थापित गर्ने आन्दोलनमा पूर्ण श्रद्धापूर्वक जुटेका बताउँदै कुमार विवेकले मधेशवादी दल आफ्नो मूल मुद्दाबाट भटिएको बताएका छन् । आफूलाई पदको खासै महत्व नभएपनि मधेश आन्दोलनमा रहेका युवाको विषयमा मधेशका नेताहरुले गम्भीर रुपमा समिक्षा गर्नुपर्ने उनको धारणा छ । आफू ती विद्रोही छवीलाई कायम राख्दै अहिले गाउँमा बस्दै आएको र गाउँको विकासमा एउटा असल नागरिकको रुपमा भूमिका निर्वाह गर्दै आएको बताउँछन् । सदरमुकाम सिरहामा एउटा कडा वक्ताको रुपमा स्थापित भएका कुमार विवेकको खोजी सर्वत्र भईरहेको छ ।
प्रथम मधेश आन्दोलन पछि अर्को एक युवा जितेश कर्णको पनि उदय भएको छ । सिरहा नगरपालिका ७ महिसौथामा बस्दै आएका जितेश अध्ययनको क्रममा काठमाडौं बस्दाखेरी नै मधेशमाथि भईरहेको दमन र पहिचानको विषयमा गम्भीर विर्मश गर्ने ल्याकत राखेका युवा थिए । उनी २०६४ सालतिर काठमाडौं हुँदा आफ्नो पहिचान, मधेशको विषयमा लगातार चासो र चिन्ता राख्दै आएका थिए । उनी प्रत्यक्ष रुपमा सिरहामा २०६७ पछि बस्न थालेपछि सिरहामा परिवर्तन आवश्यक भएकोले सशक्त रुपमा प्रस्तुत हुन थाले । आफूमा भएको जोस र आलोचनात्मक रुपमा परिवर्तनको संवाहक बन्न उनले आफूलाई अगाडी ल्याउन लागे । सदरमुकाममा बमबम स्वीट्स संचालन गर्दै आएका जितेश सिरहा मात्र होईन मधेश र सिंगो देशको विषयमा चिन्ता प्रकट गर्छन् । सिरहामा आलोचनात्मक र बहस नै नहुने अवस्थामा जसलाई पनि र जहिले पनि पूर्ण स्वतन्त्रताका प्रश्न राख्न सक्ने ल्याकत बोकेका छन् ।
मधेश आन्दोलनमा धोती ¥र्याली मात्र होईन, मानव सांग्लो जस्तो विश्वमा एउटा रेकर्ड राख्ने कार्यक्रमलाई सफलता प्रदान गर्न पनि जितेशले रचनात्मक भूमिका निर्वाह गरेका छन् । खासमा कुनैपनि राजनीतिक दलसँग झुकाव नराख्ने जितेशले मधेशको पहिचान, अधिकारको विषयमा जोकोहीसँग प्रखर रुपमा प्रश्न गर्ने र जवाफ माग्ने युवाका रुपमा आफूलाई अगाडी सारेका हुन् । दोस्रो र तेस्रो मधेश आन्दोलनमा उनी सडकमै उत्रिए । कालो झण्डा बोके । कालो भेस्ट लगाए । आफ्नो समाजिक संजाल फेसबुकको प्रोफाईल नै कालो पारेर विरोध जनाए । अहिले पनि असोज २ लाई उनी कालो दिवसको रुपमा अथ्र्याउने गरेको छ । फेसबुक पोष्टमा उनको त्यस अनुसारको धेरै पोष्टहरु पढन पाईन्छ ।
समाजलाई सकारात्मक विकास, यहाँका शिक्षा स्वास्थ्य, रोजगारीका विषयमात्र होईन सदरमुकामको समुचित विकासमा निम्ति पनि उनले विभिन्न रुपमा रचनात्मक भूमिका खेल्दै आएका छन् । एउटा युवाले सिरहा जस्तो बजारमा व्यापार व्यवसाय थाल्दा भोग्नुपर्ने कठिनाईको एकसेएक कथा उनीसँग छन् । यद्यपी जितेशको भनाई स्पष्ट छ । यो समाजको रुपान्तरण जरुरी छ । समाजमा आलोचनात्मक चेत भएका युवाहरु हुनु आवश्यक छ । नेता, कर्मचारीको चाप्लुसीले समाजको रुपान्तरण र समुचित विकास सम्भव छैन् भन्ने कुरामा जितेश दृढ छ । त्यही भएर समाजिक चेतनाका विषयमा पटक पटक वकालत गर्दै आईरहन्छ । निर्भिक भएर समाजिक सञ्चालनमा कुरुती र विसंगतिहरुको विरुद्धमा लेखिरहन्छन् ।
मधेशमा विवके र जितेश जस्ता युवाको खाँचो देखिएको छ । समाजको सकारात्मक परिवर्तनको पक्षधर यी युवाहरुलाई राज्यले चिन्न सकेको छैनन् जस्तो लागेको छ ।
अपन दैनिकको १०औं वार्षिकोत्सव र बलिदानी दिवसको अवसरमा यस युवा भन्ने शिर्षक भित्र यी दुई युवाको विषयमा थोरै चर्चा गरिएको छ । भविषयमा यिनीहरुको खाँचो समाजालाई निकै भएकोले गुमनाम हुनु भएन र आलोचनाको स्तरलाई ज्यूका त्यूँ कायम राख्नु पर्छ । किनकी संघर्ष अझैं बाँकी छ, र यी युवाहरुको महत्व अझैं छ ।