सिरहा । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधव कुमार नेपालले समतामूलक विकासको पक्षमा आफूहरु रहेको बताएका छन् ।

सिरहामा ‘समाजवादी जागरण अभियान’को क्रममा आयोजित सभालाई सम्वोधन गर्दै पूर्वप्रधानमन्त्री समेत अध्यक्ष नेपालले विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा पार्टी रहेको बताएका छन् । यहाँ सवै जातजातीलाई विकासको पथमा अगाडी वढाउन समाजवादी पार्टी रहेकोले देशमा आफ्नो पार्टीको आवश्यकता रहेको बताएका छन् ।

‘एकीकृत समाजवादी पार्टीले समाजका सबै तप्का र तल्लो वर्गका जनताको समृद्धि र समतामूलक विकासको बाटो लिएको छ,’ अध्यक्ष नेपालले भने,‘सवै जातजाती, लिंग, धर्म, सम्प्रदायबीच सदभाव कायम गर्नुपर्दछ ।’

नेकपा एकीकृत समाजवादी पार्टीले असोज १४ गतेबाट सुरू गरेको ‘समाजवादी जागरण अभियान’मा पार्टी प्रवेशको आकर्षण वढेको देखिएको छ ।
सदरमुकाम सिरहाको हेमनारायण चौकमा आयोजित सभामा विभिन्न पार्टी परित्याग गरी सयौं जनाले एकीकृत समाजवादी पार्टी प्रवेश गरेको सो पार्टी नगर सचिव मनोज कुमार मण्डलले बताएका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनाले अबिर तथा माला पहि¥याएर पार्टी प्रवेश गराएका हुन् ।

समाजवादी पार्टीले असोज २८ सम्म मेची–महाकाली जागरण यात्रा जनताबीच जाने जनतालाई अभियानमा जोड्दै संगठन बिस्तार र वैचारिक स्कूलिङ चलाउने एकीृकत समाजवादीले जनाएको छ । कार्यक्रममा जिल्लाभरीवाट नेकपा एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको युवा नेता रविन्द्र साहले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!