
सिरहा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सिरहामा बस्ने भएको छ । आगामी भदौ ९ गतेको बैठक सिरहाको धनगडीमाई नगरपालिका (तत्कालिन विष्णुपरकट्टी गाउँपालिका) मा बस्ने तय भएको एमाले केन्द्रीय सचिव समेत रहेका नेता योगेश भट्टराईले जानकारी दिए ।
पञ्चायतकालमा एमालेको चौथो महाधिवेशन समेत भएको उक्त स्थानमा सचिवालय बैठक बस्न लागेको हो । बैठकको तयारीबारे छलफलका लागि महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराईसहितका नेताहरु विष्णुपुर कट्टी पुगेका थिए ।

सोही स्थानमा २०४६ सालमा भएको एमालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गरेको थियो । उक्त स्थानमा एमालेले कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा स्तम्भ समेत बनाउने तयारी गरेको छ ।