पहिले आमनिर्वाचनमा नयाँ राजनैतिक शक्तिको उदयले प्रमुख राजनैतिक दलहरुमा दबाव परेको छ । सरकारको नेतृत्व गरेको हाम्रोपाटी माओवादी रुपान्तरणको अभियान लिएर नेताहरुलाई गाँउ गाँउमा खटाईएको छ । गाँउ पुगेका नेताहरु सँग पाटीको साधारण कार्यकर्ता सुध्रिने आधार खोजी गर्दै प्रश्न गरेको छन । हाम्रो पार्टी माओवादी दोस्रो संविधान सभा निर्वाचन पछि पटक–पटक शुद्धिकरण अभियान चलाईसकेको छ । दस बर्ष सशस्त्र युद्धको रापतापले २०६४ सालमा सवैभन्दा ठुलो पार्टी बन्न सफल माओवादी त्यसपछिका सवै निर्वाचनमा तेस्रोमा सिमित छ । सशस्त्र रापताप सेलाउदै गए पछि हाम्रो पार्टीको साख पहिले भन्दा घटदै गईरहेको सन्दर्भमा यहि साउन १७ गते देखि शुरु भई साउन २१ गते सम्म सम्पन्न केन्दीय समितिको चौथो पूर्ण वैठकबाट तिन महिनाका लागि जनतासँग माओवादी विषेश रुपान्तरण चलाईरहेको छ । यो अभियानबाट २०६४ सालको जस्तै बलियो पार्टी बनाउने दावी हाम्रो पार्टीले गरिरहेको छ । २०७० पछि हाम्रो देशको राजनितिकमा धेरै उतारचढाव आईसकेको सन्दर्भमा पार्टीले तीन महिने राजनितिक अभियान सुरु गरेको हो । हाम्रो पार्टीको अध्यक्ष एवंम प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) भदौै १६ गते शनिवार ६,७४३ वडामा एकै चोटी अभियान थालनी गरेको छ । हामी सुध्रिन चाहेकोले जनता समक्ष जान बताएका थिए । हामीले १०–१५ बर्ष देखि बैठक भेला समेलन गरियो । रुपान्तरणको आशा गरे जस्तो भएन । हाम्रो अध्यक्षले स्वीकारोक्ति छ । वरु पार्टी झन पछि झन जनतावाट कटे जस्तो झन पछि झन विभाजित भए जस्तो भयो । एकीकृत माओवादी विभिन्न चिरामा विभाजन गरे जस्तो देखियो । गाँउमा पुगेको हाम्रो पाटीको नेतालाई कार्यकर्ता समर्थक शुभचिन्तक जनताले सोध्न थालेको छन । हामीले युद्धका वेला दिएका बास र खुवाएको खाना सम्झाना किन राखि सक्नुभएन । युद्धका बेला गाँउलाई अधार बनाएका तपाई कमरेडहरु शहरको झिलीमिलीमा किन हराउनु भयो यो कार्यशैली र व्यहवारले पाटीको शुदृदीकरण लागी कुरा होइन व्यहवारमै काम गरेर देखाउनु साधारण कार्यकर्ताले चुनैति दिएको कार्यक्षेत्रमा खटिएका नेताहरुको बुझाई छ । गाँउको नेता कार्यकर्ता सर्मथक शुभचिन्तक खटिएका नेतासँग चित बुझदो जवाव छैन । कार्यक्षेत्रमा खटिएका नेतासँग हाम्रो पार्टी ३ र ४ पटक सरकारको नेतृत्व गर्दा समेत हाम्रो जिवन स्तर सुधार किन भएन ? तपाई कमरेडहरु भुईबाट अकाश लाग्नु भयो । हाम्रो पाटी प्रती जनताको ठुलो अपेक्षा भएर २०६४ मा ठुलो दलबनाएको थिए । हामीहरुलाई तपाईहरु सहि कदर र व्यवहार गर्न नसक्ने तपाईहरुको साख दिन प्रति दिन ओरालो लागेको छ ।

२०६२/०६३ मा शान्ति प्रक्रियामा आए पछि शहरमुखि बनेको हाम्रो पाटीको युद्धकालीन आधार इलाका कमजोर हुदै गएको छ । २०७२ मा संविधान जारी हुनु अघि हाम्रो पार्टीको मुख्य लक्ष्य संविधान निर्माण गर्ने र शान्ति प्रक्रियालाई निष्र्कषमा पु¥याउने तर संविधान जारी भए पनि शान्ति प्रक्रियाका काम अहिले सम्म बाँकी छन । युद्धका पिडितले न्याय पाएका छैनन वेपता व्यक्ति खोज विनका साथै सत्य तथ्यको निरुपन भएको छैन । सत्य निरुपन तथा मेलमिलाप र वेपता छानविन आयोग कानुन बन्न सकेको छैन । हाम्रो पाटी माओवादी अहिले रक्षात्मक भएर जनता समक्ष आएको छौँ । हाम्रो पाटीले अघि सारेको संघीयता लगायतका मुद्धा कति पुरा गरे । हाम्रो पार्टी पटक–पटक सरकारमा गयो तर भुईमान्छेको समस्यामा कति गम्भीर भयो । नेतृत्वको जिवनशैली र आचरण व्यवहार संम्बन्धि जनतामा व्यापक जन–गुनासो छ । हाम्रो जीवनशैली र आचरण पहिलेको जस्तो छ, कि हामी विग्रिएको छौँ । हामी आफ्नो जीवनशैली सुधार गरेन भने, जनताले पत्याउन गाह्रो छ । हामी शान्ति प्रक्रियामा आएपछि बनेको १४ वटा सरकार मध्ये ९ वटा सरकारमा सहभागी भएको छु । चार पटक त सरकारको नेतृत्व गरिसकेको छ । सत्ता शक्तिमा गएपछि हाम्रो नेता कार्यकर्ताको जीवनशैली नवधनाढयमा परिवर्तित भईसकेका छन् । युद्धका बेला जनताको बलमा लडाई लडेकाहरुले सत्ताशक्तिमा गएपछि सदा जीवनशैली भुलेका छन् । हाम्रो उठवस सम्पर्क सम्बन्ध विचैलीया माफिया र तस्करसँग दोस्ती–यारी बढदै गएका छन् । हाम्रो रहनसहन छोटेराजामा रुपान्तरण भएको छ । हाम्रो जीवनशैली र कार्यशैली विग्रिएका कारण हामी माओवादी ओरालो लागेको हो । हाम्रो पार्टी जनतासँग कमजोर हुनुको मुख्यत नेतृत्व जिम्मेवार हो । हाम्रो नेतृत्व जनताको सुखःदुखमा साथ र सहभागी रहन सकेन र हाम्रो जनतासँग सम्बन्ध अत्यन्त कमजोर रहयो जनताको चित दुखाएका छौँ । अव विगतमा गरेका गल्तीवाट पाठ सिक्दै सुधार, सच्रिन अभियान चलाउनु विश्वास जागेका छन् ।

त्यस्तै माओवादी केन्द्र तीन महिने अभियानमा “जनजनमा माओवादी, घरघरमा माओवादी” मुल नाराका साथ भदौ १६ गतेदेखि सुरु भएको अभियानमा माओवादी नेता–कार्यकर्ताहरुले सरसफाई गर्नुको साथै किसानको खेतमा काम गर्ने वृक्षा रोपन र रक्तदान, किसानको लागि नदीमा बाँध बाध्ने सम्मको र सिचाईको लागि कुलो पैनी बनाउने केही सक्ररातमक प्रशसनीय कार्य गरेर जनताको मनमा फेरी विश्वास जितने सम्मको अभियान चलाएर कार्यक्षेत्रमा खटेको छ । जनयुद्धकालमा यसैगरी माओवादीहरु जनताको घरआङ्गनमा जान्थियो उनीहरुको काम गर्थे त्यसैको काम गरेर खान्थे त्यही भएर जनताले माओवदीले आफ्नो ठान्थे सिरहा जिल्लाको सुखिपुर नगरपालिका ३ मा सहिद परिवारको खेतमा माओवादी नेता कार्यकर्ता धान गोडमेल गरेका हुन त्यसतै औरही गाउँपालिकामा नहरको पानी किसानको खेतसम्म पु¥याउनको लागी नदीमा बाँध बानुको साथै क्ुलो पैनी सफाई गर्ने सम्मको काम गरेका छन् । अभियान शुरु गरेको केही दिनमा जनताबाट सकारात्मक प्रतिक्रियाहरु आउन थालेका छन् । किसानको खेतीपातीमा सघाउने गरी शुरु गरिएको अभियान प्रति जनमानस उत्साहित भएको छ । जनतालाई आई पर्ने सुखःदुखमा माओवादी तत्परता साथ कार्यको लागी हरबखत तयार रहन्छ भने विश्वास जागेको छ । यो अभियानमा मात्र सिमित गरियो भन्ने माओवादीको औचित्य माथि जनताले प्रश्न चिन्ह खरा गरिन्छ ?

हाम्रो पार्टीको अध्यक्ष प्रचण्डले भनेझै हामी माओवादी रुपान्तरण हुन सम्भव छ, त । हामी जनताको सुझाव र आलोचना ग्रहण गर्नै छौँ । हिजो अत्यन्तै भीषण कठिन संघर्षका क्षणमा हामीलाई जनताले विश्वास गरेर नै साथ सहयोग गरेका कारण हाम्रो आन्दोलन सार्थकता प्राप्त गरेको छ । त्यही भएर जनता परिवर्तनका पक्षमा छन् । जनतासँग हामी पनि रुपान्तरण भएर गल्ति कमजोरीबाट आत्मालोचित हुन चाहन्छौँ र हामी सुध्रिन चाहन्छौँ ।
(लेखक अरविन्द यादव माओवादी केन्द्रका युवा नेता हुनुहुन्छ)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!