सिरहा, असार २३। जिल्ला प्रहरी कार्यालय सिरहाले विभिन्न कारणले प्रहरी नियन्त्रणमा रहेका स्वामित्व नखुलेका बेवारिसे सवारी साधन कवाडका रूपमा लिलाम बिक्री गर्न बोलपत्र आह्वान गरेको छ।

कार्यालयले सूचना नं. ०२ (०८२/८३) अनुसार पहिलो पटक असार २३ गते सूचना प्रकाशित गर्दै इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई बोलपत्र प्रक्रियामा सहभागी हुन आह्वान गरेको हो।

सूचनाअनुसार बोलपत्र सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र खरिद गर्न सकिनेछ भने १६औँ दिन अर्थात् २०८३ साउन ६ गते दिउँसो १२:०० बजेसम्म जिल्ला प्रहरी कार्यालय सिरहामा दर्ता गरिसक्नुपर्नेछ।

लिलाम बिक्री गरिने सवारी साधनहरू हाल रहेको अवस्थामै बिक्री गरिने जनाइएको छ। ती सवारी साधनको न्यूनतम कबोल रकम ८ लाख ६१ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको प्रहरीले जनाएको छ।

सवारी साधनहरुको विवरणः

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय