
यस औरही गाउँपालिकाका पशु सेवा शाखाको चालु आ.व. २०७८/०७९ को सशर्त अनुदान तर्फ स्विकृत कार्यक्रम अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भैसी र माछा को साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम संञ्चालन गर्नुपर्ने भएकोले कार्यविधि अनुसार ईच्छुक कृषक, पशु समुह/कृषि पशु शहकारी संस्था/जल उपभोक्ता समिति/कृषि पशु फर्म/कृषि पशु उधमीहरुले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले १५ औं दिन भित्र अर्थात मिति (२०७९/०२/३० गते भित्र) यस कार्यालयमा तोकिएको ढाँचानुसार प्रस्ताव/आवेदन दर्ता गर्नु हुन सम्बन्धित सबैमा जानकारी गराईन्छ । साथै यस सम्बन्धमा थप जानकारीको लागी यस कार्यालयको पशु सेवा शाखामा सम्पर्क गर्न सकिनेछ ।