दिवा खाजाको मेनुमा मकैको खीरदेखि कोदोको पुवासम्म

दिवा खाजाको मेनुमा मकैको खीरदेखि कोदोको पुवासम्म

अपन दैनिक
फाल्गुन ९, २०७७ मा प्रकाशित
२१८ पटक पढिएको
दिवा खाजाको मेनुमा मकैको खीरदेखि कोदोको पुवासम्म

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको तालिका सार्वजनिक गरेको छ ।

केन्द्रले प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म पढ्ने ४ देखि १२ वर्षसम्मका बालबालिकालाई विद्यालयमा खुवाइने खाजाको मेनु सार्वजनिक गरेको हो ।

पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगाका लागि ६ थरी खाजा सिफारिस गरेको छ ।

जसमा पोषिलो जाउलो, मकैको खीर र तरकारी, फर्सीको प्यान केक, कोदोको हलुवा, च्याउको क्वाँटी, र आलु पनीर रहेको छ ।

मध्य पहाडका जिल्ला सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, नवलपुर, पाल्पा, स्याङ्जा, तनहुँ, कास्की, पर्वत, लमजुङका लागि पोषिलो जाउलो, कोदोको हलुवा, तरकारी, चिउरा मासु, क्वाँटी, मकैको खीर, र तरकारी र पानी रोटी सिफारिस गरेको छ ।

पश्चिम पहाडी जिल्ला बाग्लुङ, म्याग्दी, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, डोटी, बैतडी, डडेलधुरा जिल्लामा पोषिलो जाउलो, फापरको रोटी, मकैको खीर, क्वाँटी, ढिँडो र कोदोका पुवा दिवा खाजाका लागि सिफारिस गरिएको छ ।

पुर्वी तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका बालबालिकाका लागि खिचडी, छोला चिउरा, गेडागुडी मिक्स, गहुँको हलुवा र तरकारी, चिउरा मासु र मकैको लावा फूल खाजा सिफारिस गरिएको छ ।

पश्चिम तराईको बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका बालबालिकाको मेनुमा भुटेको अण्डा र भात, चना, चिउरा, रोटी अचार, गेडागुडी साँधेको र दही चिउरा र तरकारी रहेको छ ।

पुर्वी हिमाली क्षेत्रका ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभाका बालबालिकाको लागि मासको जाउलो, मकैको खीर, आलुदम, फापरको ढिँडो, कोदोको पुवा र क्वाँटीलाई मेनुमा राखिएको छ ।

मध्य हिमाली क्षेत्रका दोलखा, रसुवा, गोरखा, मनाङ र मुस्ताङ जिल्लाका बालबालिकाको लागि जाउलो, अण्डा भुजा, क्वाँटी, कोदोको हलुवा, हरियो मकैको तरकारी र आलुदम मेनुमा राखिएको छ ।

पश्चिम हिमाली क्षेत्रका जुम्ला, हुम्ला, मुगु, डोल्पा, बझाङ, बाजुरा र दार्चुलाका बालबालिकाका लागि मेनु १ मा पोषिलो जाउलो, मेनु २ मा कोदोको हलुवा तरकारी, मेनु ३ मा कला र सिमीको कोल, मेनु ४ मा फापरको लगर, मेनु ५ मा मकै भटमास र मेनु ६ मा चिनोको खिर र तरकारी राखिएको छ ।

दिवा खाजा तालिकामा खाजा बनाउँदा लाग्ने खर्च र यसबाट बालबालिकाले प्राप्त गर्ने पोषक तत्व पनि उल्लेख गरिएको छ ।

हेर्नुहोस् दिवा खाजाको मेनु 

छापा संस्करण

२०७७ फागुन २१ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित