रौतहट । ‘चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।’ श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ नगरपालिका–३ का मुकेश हजाराले नागरिकता कहिले हात पर्ला भन्ने पत्तो नभएको गुनासो गरे । सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालयमा देखिएका सयौँ सेवाग्राहीको भीडमा भेटिएका हजाराको मात्र होइन अन्य सेवाग्राही पनि उही गुनासो पोख्दै थिए ।
सोही नगरपालिका–२ का शीलाकुमारी पनि बच्चा बोकेर नागरिकता पाउन दैनिक धाइरहेकी छन् । कर्मचारीले घरी कोठा नम्बर ३ त घरी कोठा नम्बर ४ मा जानुस् भनेर अल्मल्याइरहेको उनको दुःखेसो छ । राजदेवी नगरपालिका–५ का दिलीपकुमार महतो दुई सातादेखिको नियमित काम लिएर जिल्ला प्रशासन कार्यालयमा आइरहेका छन्। आफ्नो नागरिकता के कारणले प्राप्त नभएको भन्ने थाहा पाउन नसकिएको उनको भनाइ छ ।

जिल्ला सदरमुकाम गौरस्थित जिप्रकामा नागरिकता लिनका लागि दैनिक सयौँको लाइन हुने गरेको छ । प्रचण्ड गर्मी र कोभिड–१९ को जोखिमबीच सर्वसाधारण बिना मास्क तथा सामाजिक दूरी कायम नगरी नागरिकताको फाँटमा झुम्मिरहेका देखिन्छन् । साना साना नानीहरू काखमा बोकेका महिला पनि सकिनसकी लाइनमा उभिएका छन् । पहुँच हुनेले सहजै नागरिकता पाउने गरेको सेवाग्राहीको आर�


