काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै बीच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका छन् ।
बैठक सुरु भएलगत्तै एमाले सांसदहरु यथास्थानमा उठेर विरोध जनाएका थिए । गृहमन्त्री खाँणले अध्यादेश पेश गरिसकेपछि उनीहरु आ–आफ्नो आसनमा बसेका छन् ।
त्यसपछि राष्ट्रियसभाले महेन्द्र शेरचन र जेबी टुहुरेको निधनमा शोक प्रस्ताव पास गरेको छ ।
राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश हुँदा एमाले सांसदहरु रोष्टम अगाडि पुगेर नाराबाजीसहित प्रदर्शन गरेका थिए ।