अपन दैनिक संवाददाता, सिरहा । स्वास्थ्य कार्यालय सिरहाले सोमवार लहानस्थित आधा दर्जन नीजि स्वास्थ्य संस्थाहरु बन्द गरिएको छ ।
लामो समयदेखि नविकरण नगराई सञ्चालनमा रहेको लहानस्थित लिलामदन पोलिक्लिनिक, त्रिशक्ति पोलिक्लिनिक, लहान एडभान्स पोलिक्लिनिक, हिमालय डेन्टल क्लिनिक, सेराज पोलिक्लिनिक, चाल्ड हेल्थ क्लिनिक बन्द गराएको स्वास्थ्य कार्यालय सिरहाका शाखा अधिकृत उमेश कुमार कर्णले जानकारी दिए ।
त्यसैगरी लहानस्थित मेरी गोल्ड पोलिक्लिनिक एण्ड डाईगनोस्टिक सेन्टर प्रालिलाई बन्द गराएर प्रहरी निगरानीमा राखिएको स्वास्थ्य शाखा अधिकृत कर्णले बताएको छ । स्वास्थ्य कार्यालय सिरहाका प्रमुख नागेन्द्र प्रसाद यादवको नेतृत्वमा इलाका प्रशासन कार्यालय लहानका प्रतिनिधि, इलाका प्रहरी कार्यालयका प्रतिनिधिको टोलीले अबैध रुपमा सञ्चालित स्वास्थ्य संस्थाहरुमा शिलबन्दी गरिएको स्वास्थ्य अधिकृत कर्णले जानकारी दिएकाछन् ।
स्वास्थ्य कार्यालयले गत जेष्ठ महिनामै पत्र काटेर सिरहाका ८ अस्पताल र ६ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको थियो ।
नविकरण समाप्त भएका स्वास्थ्य संस्थाहरुलाई दर्ता नविकरणको लागि समय दिएपनि अटेर गरेको सञ्चालन गर्दै आएकाले कार्वाही स्वरुप तालाबन्दी गरि बन्द गराएको शाखा अधिकृत कर्णको भनाई छ ।