सिरहा । वैदेशिक रोजगारीमा पठाई दिने भनेर राहदानी (पासपोर्ट) र रुपैयाँ लिएर फरार भएकाको खोजीमा पीडितहरु उनको घरसम्म पुगेको छ ।

विराटनगर महानगरपालिका १२ मा बस्दै आएका विजय कुमार यादवले वैदेशिक रोजगारीमा पठाई दिने भन्दै राहदानी र पैसा लिएर फरार भएपछि सिरहाको मिर्चैया नगरपालिका क्षेत्रका पीडितहरू विराटनगर पुगेका छन् । यादवले १ सय ९२ जनासँग नगद, राहदानी र जिन्सी लिएर फरार भएको पीडितहरुले जनाएको छ । १५ हजारदेखि ८ लाख भन्दा बढी पैसा आफूहरुसँग विदेश पठाईदिने नाउँमा लिएको पीडितहरुले बताएका छन् ।

कुवेत, क्यानडा लगायतका देशहरुमा पठाइदिने भनेर लाखौं रुपैयाँ असुली गरेर वित दुई महिनादेखि सम्पर्क विहिन भएपछि आफूहरु विराटनरस्थित घर पुगेको पीडितमध्येका एक पशुपति पासमानले बताएका छन् । आफूले ऋण लिएर खाडी मुलुक जान पैसा र पासपोर्ट थमाएको र आजभोली भन्दै २ महिनादेखि सम्पर्क विहिन भएपछि खोज्न विराटनगर स्थित घर पुगेको पासमानले बताए । ‘मेडिकल गर्न भनेर १५ हजार लिएपछि भिसा आएको र टिकटको पैसा भन्दै ५० हजार मागेपछि दियौं,’ पासवानले भने,‘पैसा पाएपछि मिर्चैया चोकमा रहेको अफिससमेत बन्द गरेर भागेपछि खोज्न विराटनगरसम्म आईपुगेको छु ।’

यता यादवले ठेक्कापट्टा काम समेत गर्दै आएकोले मिर्चैयाका केही व्यापारीहरूसँग रड, सिमेन्ट र घर डेकोरेसनका सामग्री समेत लिएका छन् । देव भूमि ग्रुप नाममा मिर्चैयामा कार्यालय खोलेर यादव ठगी धन्दामा लागेको घटनाक्रमले देखाएको पीडितहरुको भनाई छ । यस घटना सम्बन्धमा प्रहरी अनभिज्ञ रहेको छ । प्रहरीमा उजुरी आईनसकेकोले यकिन भन्न नसकिने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!