डुबानबाढी
file photo

काठमाडौं । लगातारको वर्षाले आएको बाढीबाट विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको छ । बाढी–पहिरोबाट नवलपरासीमा दुई, दाङमा एक, उदयपुरमा एक र कैलालीमा एक गरी पाँचजनाको मृत्यु भएको छ । नवलपुरमा तीन र रूपन्देहीमा एक गरी चारजना बेपत्ता छन् । महोत्तरी, कैलाली, कञ्चनपुर, नवलपरासी, रुपन्देहीलगायतका जिल्लामा १५ सयभन्दा बढी घर डुबानमा परेका छन् । विभिन्न राजमार्ग तथा पुलहरूमा क्षति पुगेको छ ।

लगातारको वर्षाले पश्चिम नवलपरासीको जनजीवन पनि नराम्रोसँग प्रभावित बनेको छ । दुईजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छिन् । बाढीले रामग्राम– १६ पम्फापुरका ३८ वर्षीय विनोद पासी र उनका छोरा १३ वर्षीय प्रदीपको मृत्यु भएको प्रहरीले जनाएको छ । राति २ बजे घरमा बाढी पसेपछि आश्रयका लागि आफन्तको घर जाने क्रममा उनीहरूलाई भेलले बगाएको हो । दुवैजनाको शव घरनजिकैको खेतमा भेटिएको थियो । बाढी पसेपछि ज्यान जोगाउन निस्केकी सुनवल– १३ की ओरिसा तामाङ बेपत्ता भएकी छिन् ।

बाढीले सदरमुकाम परासी सबैभन्दा बढी प्रभावित देखिएको छ । आठ–दशबाहेक सरदमुकामका सबै घर डुबानमा परेका छन् । परासीमा बिहीबार मध्यरातमै घरघरमा पानी पसेका थियो । स्थानीय हारगुहार गर्दै घरका छत र अग्लो स्थानमा भागेका थिए । शुक्रबार दिउँसो १ बजेसम्म पनि पानीको सतह नघट्दा भोकाएका बालबालिका चिच्याइरहेका थिए । सिंगै बस्ती एउटै पीडामा रहेकाले कसैले कसैलाई सहयोग गर्न सकेका थिएनन् ।,

याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!