
काठमाडौं । एएफसी महिला एसियन कप छनोटका लागि नेपाली महिला टोलीको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएकाे छ ।

एन्फाले बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट अन्तिम टोली घाेषणा हुँदा अमिशा कार्की,अन्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा बाहिरिएका छन् ।
एसियन कप छनाेटमा नेपाल समूह एफमा रहेकाे छ । एफ समूहमा फिलिपिन्स र हङकङ छन् ।
छनाेट खेलहरु उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ ।
नेपालले फिलिपिन्ससँग सेप्टेम्बर १८ मा पहिलाे खेल खेल्नेछ । दोस्रो खेल भने नेपालले हङकङसँग सेप्टेम्बर २१ मा खेल्ने छ ।
समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष भारतमा हुने एसियन कपमा छनाेट हुनेछ ।
नेपाली टिम :
अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, विमला बिक, विमला चौधरी, दीपा राई, गीता राना, हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रीति राई, पूजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु र सिर्जना सिंह