अनिरुद्र ठाकुर
श्रावण २८, २०७६ मा प्रकाशित
६३५ पटक पढिएको

अपन दैनिक संवाददाता, सिरहा । नेपालको संविधान २०७२  मा युवा परिषद ऐन ल्याए कै हो । तर सिरहामा कुनै पनि स्थानीय निकाय युवा मैत्री हुन सकेको छैन । प्रमुख अतिथिमा जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुर लगायत स्थानीय नगरपालिका तथा कुनै पनि स्थानीय निकायका प्रतिनिधि सम्मको उपस्थिति नहुनु युवाहरुको लागि चुनौति नै हो ।
श्यामा साह महिला अधिकार कर्मीले भने देशका अरु–अरु जिल्लामा युवाहरुको सञ्जाल संचालन भइ सके पछि यस जिल्लामा पनि समाजमा रहेको कुरिति, कुसंस्कार, हटाउन शिक्षामा रुपान्तरण गर्न, वाल विवाह जस्ता कुरितिहरु हटाउन, बिभिन्न गैर सरकारी संस्थाहरुको प्रयासवाट  २०७५ मा युवा सञ्जालको स्थापना भएको छ । २०७६ मा प्रत्येक स्थानिय निकायमा यसलाई विस्तार गर्न तथा उद्यमशीलता को लागि जिल्लाका प्रत्येक स्थानीय निकायलाई उपस्थितिको लागि आमन्त्रण गर्दा पनि कुनै पनि स्थानीय निकायको उपस्थिति न  हुनु मात्र होइन प्रमुख अतिथि समेत मनोनयन गरिएका जिल्ला समन्वय समितिका सभापति रामचन्द्र ठाकुर समेत नआउनु युवाहरुको लागि एउटा चुनौतीको रुपमा लिनु पर्छ र यसलाई शक्त्किो रुपमा परिवर्तन गरी झन गम्भिरताका साथ समाजिक कार्यमा लागी हाल्नु पर्ने प्रतिबद्ध हुनु पर्दछ भनि मुक्ति नेपालका अध्यक्ष महिला अधिकारकर्मी तथा प्रदेश प्रतिनिधि श्यामा साहले बताएकी छिन् ।
कार्यक्रम जिल्ला युवा संजाल सिरहाका अध्यक्ष दिलिप सहनीको अध्यक्षतामा शिक्षामा रुपान्तरण, उद्यमशिलता, र नव परिवर्तन मूल नाराका साथ शहिद राजेश ठाकुर चौकवाट शुरु भई हेम नारायण चौक सम्म युवा रैली गरिएको थियो । त्यसपछि रक्तदानको कार्यक्रम गरी रमझम होटलको सभा भवनमा हानीकारक मूल्य मान्यता विरुद्ध हामी युवा विषयक अन्तरकृया संवाद कार्यक्रम सम्पन्न भएको छ ।
उक्त संवाद कार्यक्रममा जागृत नेपालका बद्री नारायण यादव, इन्सेकका प्रतिनिधि दुर्गा परियार, ओरेक नेपालकी देव कुमारी महरा जन उत्थान केन्द्रका राम बाबू साह लगायत बिभिन्न पत्रकारहरुको उपस्थिति रहेको ओरेक प्रतिनिधि अशोक कामतीले बताएका छन् ।
उक्त कार्यक्रममा संचारकर्मी शम्भु यादव लगायत ५ जना लाई पुरस्कृत समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय