प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सचिवालय बिस्तार गरेका छन् ।

प्रधानमन्त्री भएको करिब डेढ महिनापछि प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त गरेका हुन्। यसअघि पनि भानुले नै सो जिम्मेवारी पूरा गर्दै आएका थिए । भानु नातामा प्रधानमन्त्री देउवाको भतिज पर्छन् ।

प्रधानमन्त्री देउवाको यसअघिको प्रधानमन्त्री कालमा पनि भानु देउवा नै प्रमुख स्वकीय सचिव थिए ।

देउवाले अबको १/२ दिनमा नै मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका छन् । हाल पाँच जनाको मन्त्रिपरिषद् रहेको र माधव नेपाल नेतृत्वको दलको दर्ता प्रक्रिया पूरा नभैसकेकाले मन्त्रिपरिषद् बिस्तार रोेकिएको उनले बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय