
पछिल्लो २४ घन्टामा तीन हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७६३ पीसीआर र एक हजार १५२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

यससँगै नेपालमा हालसम्म ८ लाख २ हजार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार २३९ पुगेको छ ।
मन्त्रालयका अनुसार थप २ हजार ११८ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ ।
हाल मुलुकभर ३८ हजार ७९८ सक्रिय संक्रमित छन् ।