चक्कु प्रहार

टोकियोस्थित ट्रेनमा एक व्यक्तिले अन्य प्यासेन्जरहरूमाथि चक्कु प्रहार गर्दा १० जना घाइते भएका छन् । प्रहरीले यस घटनाको अभियोगका ३६ वर्षका एक पुरुषलाई हिरासतमा लिएको छ । यी अभियुक्तले एक महिलालाई खुसी अवस्थामा देखेपछि आफु आक्रोशित भएको र उनीहरुलाई मार्न चाहेको बयान दिएका छन् । यस घटनामा एक छात्रा गम्भिर घाइते भएकी छिन् भने तुलनात्मक रुपमा अन्यको अवस्था केही सामान्य छ ।

टोकियोमा यस्ता जघन्य अपराध दुर्लभ मात्र हुने गर्छन् । ओलम्पिक आयोजना भइरहेका कारण पनि अहिले यहाँ सुरक्षा व्यवस्था चुस्त छ । सेईजोगाकुन स्टेशन नजिकै यस्तो दुर्घटना निम्तिएको हो, प्यासेन्टरहरुको चिच्याहट सुनेपछि ड्राइभरले आपतकालिन रुपमा रेल रोकेका थिए ।

अनुसन्धानकर्ताहरुका अनुसार यसलगत्तै अभियुक्त ट्रयाकमा हामफालेर कुदे । एक प्रत्यक्षदर्शीका अनुसार मानिसहरुले एक्कासि उनलाई लखेटेका थिए । त्यसक्रममा यी मानिसहरु एउटा डिब्बाबाट अर्को डिब्बामा हामफाल्दै कुद्दै थिए ।

ट्रेनका कर्मचारीहरुले त्यसपछि यी अभियुक्तलाई नजिकैको स्टेशनमा भेट्टाए । यता, घटनास्थलमा अभियुक्तको मोबाइल भेटिएको थियो । -एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!