सिरहा । प्रादेशिक अस्पताल सिरहामा हातजोर्नी विशेषज्ञ चिकित्सक थपिएसँगै उपचारमा सहजता र सफलता मिलेको छ ।
विभिन्न कारणले हातखुट्टा लगायतका शरीरका विभिन्न भागमा चोटपटक, दुर्घटनाका भाँच्चिएको हड्डीलाई शल्यक्रिया गरी उपचारमा सफलता हासिल गरेका छन् ।
पछिल्लो एक महिनामा १३ भन्दा वढी हातखुट्टा भाँच्चिएका विरामीको शल्यक्रिया गरी उपचार गर्न सफल भएको प्रादेशिक अस्पताल सिरहाले जनाएको छ । ३५ वर्षीय महिलाको खुट्टाको हड्डी भाँच्चिको थियो । उनको प्रादेशिक अस्पताल सिरहामा शल्यक्रिया गरी उपचार गरिएको हो । त्यसैगरी १० वर्षीय बालकको बायाँ हातको दुवै भाँचिएका हड्डीलाई शल्यक्रिया गरी उपचार गरियो । २६ वर्षीय युवाको दायाँ काँधको हड्डीको सफल शल्यक्रिया गरियो । १८ वर्षीया एक किशोरीको भाँच्चिएको बायाँ खुट्टाको सफलतापूर्वक शल्यक्रिया गरियो ।

पछिल्लो समय प्रादेशिक अस्पतालमा हात, खुट्टा, काँधको हड्डी लगायतको शल्यक्रियामा चिकित्सकहरुले सफलता हासिल गरेको छ । एक महिना भित्रमा प्रादेशिक अस्पताल सिरहाका डा कमलेश कुमार यादव, डा सुमित कुमार कर्ण र डा सुरेन्द्र कुमार चौधरीको टोलीले हातखुट्टामा भाँच्चिएका विरामीहरुको सफलतापूर्वक शल्यक्रिया गरी उपचार गरेको छ । सिरहामा विभिन्न उमेर समूहका बिरामीमा देखिएका जटिल हाडजोर्नी तथा ट्रमासम्बन्धी फ्र्याक्चरको आधुनिक प्रविधिबाट सफलतापूर्वक शल्यक्रिया प्रादेशिक अस्पताल सिरहामा गरिएको छ । पछिल्लो समय विभिन्न प्रकृतिका फ्र्याक्चर भएका बिरामीहरुको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो ।
आधुनिक शल्यक्रिया प्रविधि तथा आवश्यक उपकरणको प्रयोग गरी बिरामीहरूको भाँचिएका हड्डीलाई उचित अवस्थामा मिलाएर उपचार गरिएको डा कमलेशले बताएका छन् । पछिल्लो समय सिरहामै जटिल हाडजोर्नी तथा ट्रमासम्बन्धी शल्यक्रिया सम्भव हुन थालेपछि बिरामीलाई उपचारका लागि अन्य ठूला सहरमा जानुपर्ने बाध्यता केही हदसम्म कम हुने भएको स्थानीयहरुले बताएका छन् । आधुनिक प्रविधि र दक्ष जनशक्तिको उपलब्धताले प्रादेशिक अस्पताल सिरहामा उपचार गराउन आउनेहरु वढ्न थालेको हो ।



