सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित श्री सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको हो।

सहकारीका अध्यक्ष धर्मलाल महतोले विपद्को समयमा पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्नु संस्थाको सामाजिक दायित्व भएको भन्दै राहतस्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको जानकारी दिए। उनले भने, ´सहकारी संस्था आर्थिक कारोबारमा मात्र सीमित नभई समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्न पनि प्रतिबद्ध रहेको बताए। विपद्को समयमा राज्यलाई सहयोग गर्नुका साथै पीडित नागरिकको राहतमा योगदान पुर्‍याउने उद्देश्यले सहयोग गरिएको अध्यक्ष महतोको भनाइ छ।´

१ लाख ११ हजार १ सय ११ रुपैयाँको उक्त सहयोगले विपद् प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा योगदान पुग्ने विश्वास गरिएको संस्थाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय