रौतहट । ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित गर्न रौतहटमा ग्यास डिलर तथा विक्रेताका पसलमा आकस्मिक रूपमा अनुगमन गरिएको छ। गृह मन्त्रालयको निर्देशनपछि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको टोलीले चन्द्रनिगाहपुर क्षेत्रका ग्यास डिलर र पसलमा छड्के अनुगमन गरेको हो ।

जिल्लाका १७ वटा ग्याँस डिलर तथा विक्रेताका पसलमा दुई वटा छुट्टाछुट्टै टोली परिचालन गरी अनुगमन गरिएको छ । भुसालका अनुसार गौर, गरुडा र चन्द्रनिगाहपुर लगायतका प्रमुख बजार क्षेत्रमा रहेका सुपर, नेपाल सहारा, सहारा, बाबा, नोबेल, नेपाल सुपर र नेपाल ग्यास लगायतका डिलरमा अनुगमन गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय