काठमाडौँ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी प्रसन्नराज चौधरीले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिपछि उनी कारबाहीको दायरामा परेका छन्। ‘हामी बालेनको पुलिस होइनौँ, केपी ओलीलाई थुन्ने पनि हामी हौँ, हामी टीका लगाएर आएका होइनौँ, हामी दारु–भात खाएर आएका होइनौँ’ भन्ने उनको अभिव्यक्तिले राजनीतिक वृत्तमा बहस सिर्जना गरेको छ।

यस विषयमा सार्वजनिक प्रतिक्रिया जनाउँदै आलोचकहरूले प्रहरी अधिकारीले आफ्नो जिम्मेवारीभन्दा बाहिर गएर असान्दर्भिक राजनीतिक प्रसंग उठाएको र जनप्रतिनिधिको सम्मानमा आँच पुग्ने अभिव्यक्ति दिएको बताएका छन्।

उनीहरूले जनप्रतिनिधि टीका लगाएर नभई जनमतबाट निर्वाचित भएर आउने स्मरण गराउँदै नागरिकले दारु–भातका आधारमा मात्र नभई आस्था, विचार र आशाका आधारमा पनि मत दिने तर्क गरेका छन्।

सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो जिम्मेवारी र भूमिकाको मर्यादा कायम गर्नुपर्ने उल्लेख गर्दै आलोचकहरूले राजनीति गर्ने जिम्मा राजनीतिक दल र राजनीतिकर्मीलाई नै छाड्नुपर्ने धारणा व्यक्त गरेका छन्।

डीएसपी चौधरीको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई स्पष्टीकरणका लागि बोलाएको छ। प्रहरीले घटनाबारे आवश्यक सोधपुछ र छानबिन अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय