सिरहा । सशस्त्र प्रहरीले पछिल्लो ३ दिनको अवधिमा ३४ लाख भन्दा बढी मूल्यको कस्मेटिक, किराना, पित्तलको भाडा, मदिरा, इलेक्ट्रोनिक सामान नियन्त्रणमा लिएको छ।

यसरी नियन्त्रणमा लिएको सामग्री आवश्यक कारबाहीकाे लागि खैटाेका भन्सार कार्यालय माडरमा बुझाएको छ। सशस्त्र प्रहरी नम्बर ७ हेडक्वाटर सिरहाकाे प्रमुख सुमन जग थापाले जनाएको छ।

प्रमुख थापाको अनुसार सोमबार अवेर जिल्लाको सीमाक्षेत्रबाट भन्सार छली भारतबाट नेपाल र नेपालबाट भारत तर्फ ओसारपोसार गरिरहेको अवस्थामा १४ लाख ३ हजार ३२६ रुपैयाँ मूल्य बराबरको कस्मेटिक सामान, मदिरा, इलेकट्रोनिक सामान, डिजेल लगायतका समाग्री बरामद गरेको छ।

त्यसैगरी यही असार १९ गते भन्सार छलिका ११ लाख १० हजार ४२५ रुपैयाँ र १८ गते ९ लाख २६ हजार ८५० रुपैयाँ बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी नम्बर ७ हेडक्वाटर सिरहाका प्रमुख सुमन जंग थापाले जानकारी दिए।

नियमित गस्ती र अनुगमनले सीमाक्षेत्रबाट सधैँजसो भन्सार छलीका सामग्री बरामद गर्ने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय