काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परिवारवाद र नातावादलाई पूर्ण निषेध गरेको छ । असार(७–१२) सम्म चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनले अनुमोदन गरेको चौथो संशोधन विधानले परिवारवाद र नातावादलाई पार्टीको सबै तहमा नियुक्ति, मनोनीत वा निर्वाचित हुन बन्देज लगाएको हो ।

विधानको धारा ७(१) मा परिवारवाद र नातावाद परिभाषित गरिएको छ ।  ‘पार्टीमा एकै परिवारका एक जनाभन्दा बढी सदस्य पार्टीको कुनै कुनै समान तहको समिति, विभाग, आयोग वा संयन्त्रमा नियुक्ति, मनोनीत वा निर्वाचित हुन पाउने छैन’, विधानमा भनिएको छ ।

विधान अनुसार ‘परिवार’ भन्नाले पति, पत्नी, बाबु, आमा, सौतनी बुवा, सौतनी आमा, छोरा, छोरी, दाजु-भाइ, दिदी-बहिनी, नाति,नातिनी,बाजे,बज्यै,ठुलो बुवा, ठुली आमा, काका, काकी, फुपू, मामा, जेठान, जेठानी, जेठी सासू, देवर, नन्द, साला, साली र निजका पति वा पत्नी समेतलाई जनाउने उल्लेख ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय