काठमाडौं । राष्ट्रियसभामा पनि रास्वपाले बालबालिकालाई पर्टी सदस्य बनाएको विषयमा प्रश्न उठेको छ ।
नेपाली कांग्रेसका सदस्य जगत तिमिल्सिनाले नेपाल बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धीको पक्ष राष्ट्र भएको, नेपालको संविधानले बालबालिकालाई राजनीतिमा लगाउन नमिल्ने व्यवस्था गरेको स्मरण गराएका छन् ।

उनले राजनीतिक दलसम्बन्धी ऐनले बालबालिकालाई राजनीतिमा लगाउन नपाइने व्यवस्था गरेको, बालबालिका सम्बन्धी ऐनले बालबालिलाई राजनीतिमा लगाउनेलाई सजायको व्यवस्था गरेको भन्दै राास्वपालाई कानुन लाग्ने हो वा होइन भन्दै प्रश्न उठाए ।
उनले रास्वपाले ३५ हजारभन्दा बढी १८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएर राजनीतिमा लगाएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराए ।



