राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको अवसरमा मन्त्रीदेखि प्रधानमन्त्री वालेन्द्र शाहसम्म चितवनमा व्यस्त भएका छन् । र, सिंहदरबार आइतबारबाटै निरन्तर रुङ्ने मन्त्री भएका छन् महावीर पुन ।
म्याग्दीबाट स्वतन्त्र उम्मदेवारी दिएर रास्वपाको समर्थनमा चुनाव जितेका थिए । पुनले रास्वपाको सरकारका १७ मन्त्रीमा एक मात्र गैररास्वपा मन्त्री हुन् । महाधिवेशनकै दिनबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री पुन भने सिंहदरबारमा बसिरहेका छन् ।

प्रशासकीय कामको कोणमा मात्रै नभएर आवासको रूपमा पनि सिंहदरबार प्रयोग गर्ने पुनले अहिले २४ घण्टा सिंहदरबार रुङ्गीरहेका छन् ।
रक्षा मन्त्रालयकाे समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री शाहसहित अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, गृहमन्त्री सुधन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, कानुनमन्त्री सोविता गौतम, सामान्य प्रशासनमन्त्री प्रतिभा रावललगायतका मन्त्रीहरू रास्वपाको उद्घाटन सत्रमै देखिएका थिए ।
मन्त्री पुन भने रास्वपा महाधिवेशनमा गएनन् ।



