कतारको सबैभन्दा ठूलो ग्यास प्रशोधन केन्द्रमा भएको भीषण विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन्।

कतारको उत्तरी भागस्थित रस लाफान औद्योगिक क्षेत्रमा रहेको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) प्रशोधन केन्द्रमा आइतबार राति ‘प्राविधिक दुर्घटना’का कारण विस्फोट भएको कतारको गृह मन्त्रालयले जनाएको छ।विस्फोटपछि आकाश सुन्तलाजस्तो देखिएको थियो भने राजधानी दोहादेखि करिब ७० किलोमिटर टाढासम्म कम्पन महसुस गरिएको थियो।

विस्फोटमा १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको छ । घाइते हुनेहरुमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरु रहेका छन् ।

कतारका ऊर्जामन्त्री साद शेरिदा अल-काबीले घटनाले देशको ग्यास निर्यातमा असर नपार्ने बताएका छन्। उनले यो घटना कुनै तोडफोड वा शत्रुतापूर्ण आक्रमण नभई दुर्घटना भएको स्पष्ट पारे।

ऊर्जामन्त्री अल–काबीले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।

दोहास्थित दोहास्थित भारतीय दूतावासले मृतक तथा घाइतेका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने जनाएको छ। दूतावासले सामाजिक सञ्जालमार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ।

विस्फोट रस लाफानस्थित बारजान स्थानीय ग्यास आपूर्ति केन्द्रमा भएको बताइएको छ। मन्त्री अल–काबीका अनुसार सन् २०२५ को डिसेम्बरदेखि अत्यावश्यक मर्मतका लागि बन्द गरिएको उक्त प्लान्ट दुई दिनअघि मात्र पुनः सञ्चालनमा ल्याइएको थियो।

रस लाफान बन्दरगाह विश्वकै सबैभन्दा ठूलो कृत्रिम बन्दरगाह मानिन्छ र त्यहाँ विश्वकै ठूलो एलएनजी निर्यात सुविधा रहेको छ। यस वर्षको सुरुआतमा उक्त क्षेत्र इरानी आक्रमणको निशानामा परेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय