काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदहरूले सदनमा विरोध जारी राखेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफमा चित्त नबुझेको भन्दै उनले उठेर विरोध जनाएका हुन्।

उनीहरूले संसद्को रोष्ट्रम घेराउ गरिरहेका छन्। सभामुखले आफूले दिएको आदेशको पालना नगरेको भन्दै सचेत गराए। सभामुखले यसअघि नै बस्न आदेश दिएका थिए।



