राहदानी छपाइमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ ।
अख्तियार स्रोतका अनुसार जर्मनी कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल, राहदनी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य पक्राउ परेका हुन् ।

पक्राउ परेका मल्ल र आचार्यमाथि राहदानी छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्याद समेत थप भइसकेको छ ।
यसअघि पनि सोही प्रकरणमा केही व्यक्तिमाथि अनुसन्धान अघि बढाइएको थियो । यसअघि अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई पक्राउ गरेको थियो ।



