काठमाडौँ – मधेश प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशत बढाएको छ । प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरिएको बताएका हुन् । त्यस्तै, अन्य कार्यसम्पादनको आधारमा समेत १० प्रतिशत प्रोत्साहन भत्ता दिने उनले बताए ।
त्यस्तै, सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने जनाएको छ । अर्थमन्त्रीले मधेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति सहितको व्यवस्था गर्दै सुशासन कायम गर्ने बताए । त्यसका लागि ‘हेल्लो सीएम एप’ र ‘हेल्लो मुख्यमन्त्री टोल फ्री नम्बर’ सञ्चालनमा ल्याउने अर्थमन्त्री भट्टराईले बताए ।

यसैगरी १८ देखि ३५ वर्षका युवाहरूलाई लक्षित गरी सय दिने रोजगार ग्यारेन्टी कार्यक्रम ल्याउन लागेको जानकारी गराउनुका साथै प्रदेश प्रहरी भर्नाका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी उनले गराए ।



