काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् । बिहीबार (जेठ २८) बिहान प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

आफूले नैतिकताको उच्च कडीमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिस लागेका र बदनाम गर्ने प्रयास गरेको उनले जिकिर गरे ।

“दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री र राजनीति मात्रै होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु,” उनले भने, “यो नैतिकता अन्य कोही संसद् वा राजनीति गर्नेहरूमा छ ?”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय