वैदेशिक रोजगार विभागले पीडित श्रमिकले गरेका उजुरी तथा निवेदनको जतिसक्दो छिटो फरफारक गर्न म्यानपावर कम्पनीहरूलाई निर्देशन दिएको छ ।

वैदेशिक रोजगारीका क्रममा रहेका वा समस्यामा परी स्वदेश फर्किएका श्रमिकहरूले गरेका उजुरी तथा निवेदन उपर सम्बन्धित म्यानपावर कम्पनीले समस्या समाधानका लागि पहल नगरेको भन्दै यस्तो निर्देशन दिएको छ ।

विभागमा परेका उजुरीका सन्दर्भमा सम्बन्धित म्यानपावर कम्पनीलाई पटकपटक पत्राचार तथा सम्पर्क गर्दा पनि सन्तोषजनक रूपमा समस्याको समाधान नगरेको विभागले जनाएको छ ।

जतिसक्दो छिटो विभागमा आफू उपर परेको उजुरीको फरफारक गर्न र त्यसो नगरेमा कारबाही गर्ने भन्दै विभागले सार्वजनिक सूचना जारी गरेको छ ।

‘श्रमिकहरूको हितलाई ध्यानमा राखी विचाराधीन रहेका सम्पूर्ण उजुरी तथा निवेदनहरू यथाशीघ्र अनिवार्य फरफारक गराउनुहुन सम्बन्धित सबै इजाजतपत्र प्राप्त संस्थाहरूलाई सूचित गरिन्छ,’ सूचनामा भनिएको छ, ‘उजुरी फर्छ्याेट गर्नेतर्फ अग्रसर नभएको खण्डमा वैदेशिक रोजगार ऐन २०६४ को दफा ३६ र दफा ५७ मा भएका व्यवस्था अनुसार कारबाही हुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय