त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर पुनः सेवामा नफर्किएका ४४ जना प्राध्यापकले ११ करोड रुपैयाँ फिर्ता गरेका छन्।

डा. जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले ३९८ जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको प्रतिवेदन तयार गरेको थियो। सोही प्रतिवेदनका आधारमा त्रिविले सम्बन्धित प्राध्यापकहरूलाई रकम फिर्ता गर्न सूचना जारी गरेको थियो।

त्रिविका अनुसार सूचनापछि हालसम्म ४४ जना प्राध्यापकले करिब ११ करोड रुपैयाँ फिर्ता गरिसकेका छन्।

त्रिविले उच्च शिक्षा र दक्ष जनशक्ति उत्पादनका लागि तलबसहित अध्ययन बिदा दिने व्यवस्था गर्दै आएको छ। तर बिदा सकेपछि सेवामा नफर्किने प्रवृत्ति बढेपछि विश्वविद्यालयले दुरुपयोग गर्नेहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो।

रकम फिर्ता नगरेका प्राध्यापकहरूलाई सम्पर्कमा आउन आग्रह गरिएको छ। त्रिविले पुनः सार्वजनिक सूचना जारी गर्ने र त्यसपछि पनि सम्पर्कमा नआए कानुनी तथा प्रशासनिक कारबाही अघि बढाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय