परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन्। भारतका समकक्षी एस जयशंकरको औपचारिक निम्तोमा उनी भारत जान लागेका हुन्।

यसअघि रास्वपा सभापति रवि लामिछाने स्वदेश फर्केको भोलिपल्ट अर्थात् २३ जेठमा जाने भनिए पनि परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै खनाल शुक्रबारनै भारत भ्रमणमा जाने जानकारी गराएको हो।

भेटमा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जालगायतका क्षेत्रमा आपसी सहकार्यलाई बढाउनेलगायत दुई पक्षीय हितमा छलफल हुने मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार मन्त्री खनाल ७ जुन (२४ जेठ) मा स्वदेश फर्कने कार्यक्रम छ।

यसअघि परराष्ट्रमन्त्री खनालले मौरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनका क्रममा भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गरेका थिए।

रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल अहिले पनि भारतमै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय