सिरहा । १९ लाख ६० हजार बराबरको अबैध फर्सीको बिउ बरामद भएको छ ।

सोमबार दिउँसो राति ५ बजे सिरहा, बरियारपट्टी गाउँपालिका वडा नं ०२ बस्ने हरिदेव दासको घरमा अवैध रुपमा नेपालबाट भारत तर्फ (निकासी) लैजानको लागी फर्सीको बिउ बरामद भएकाे हाे । उक्त बोराहरु लुकाई छिपाई राखेका थिए ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी टोली खटि गएको हरिदेव दासको घर रीतपूर्वक खानतलासी गर्दा घरको प्यासेजमा लुकाई छिपाई राखेको फर्सीको बिउ ७० बोरा खटिएको प्रहरी टोलीले बरामद गरी नियन्त्रणमा लिएको थियो ।

बरामद गरिएको बीउको अनुमानित मूल्य १९ लाख ६० हजार रुपैयाँ रहेको छ।

आज आवश्यक कारवाहीको लागी भन्सार कार्यालय माडर सिरहामा बुझाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय