जनकपुरधाम । मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत भएको छ । शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेस प्रदेशसभामा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले २७ पृष्ठमा समेटेर आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । कृषिलाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । ‘मेड इन मधेस, समृद्ध प्रदेश’, ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ नारालाई केन्द्रमा राखेर सरकारले उत्पादनमा जोड दिने नीति लिएको छ ।

यस्तै, ‘किसानको शान, मधेसको मखान’ नारालाई आत्मसात गर्दै यसको प्याकेजिङ, लेबलिङ र ब्रान्डिङ गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसका साथै सरकारले ‘कृषिको मुख्य अधार, माटोको स्वास्थ्य सुधार’ नारा दिएर प्रांगारिक मललाई प्राथमिकता दिने, विषादी प्रयोग निरुत्साहित गर्ने र माटोको परीक्षण गर्ने नीति लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय