काठमाडौँ । सांसदहरूले जनताका जल्दाबल्दा समस्याहरू तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरू अच्युतम लामिछाने, इन्दिरा रानामगर, अनुष्का श्रेष्ठ लगायतले किसानका लागि समयमा नै मल र विउविजनको व्यवस्था गर्नुपर्ने लगायतका आम जनताका सरोकारका विषयमा गम्भीर बन्न सरकारलाई सचेत गराएका हुन्।

बैठकमा बोल्दै सांसद लामिछानेले किसानलाई खेतीबालीका लागि आवश्यक पर्ने सबै सामग्रीहरूको उचित व्यवस्था गर्न सरकारसँग माग गरे। उनले भने, ‘किसानहरू खेती गर्ने मुख्य समयमा मल, बीउ, बीजन र आवश्यक कृषि औजारको अभावमा छन्। समयमा नै मल नपाउँदा उत्पादनमा ह्रास आउने सम्भावना छ। यसले किसान निराश भइरहेका छन् र कृषि पेसानै सङ्कटमा पर्दै गइरहेको छ। आफ्ना जग्गा जमिनका उत्पादन गरेका वस्तु खेतदेखि पेटसम्म पुर्‍याउनका लागि र आफ्ना गोठमा उत्पादित भएका वस्तु गोठदेखि ओठसम्म पुर्‍याउनका लागि दुःख गर्ने कृषकलाई सम्झेर सरकारसँग म माग गर्दछु कि खेतीको समयमा आवश्यक पर्ने मल, विउविजन र कृषि औजार सहज, सुलभ र समयमा उपलब्ध गराउने सुनिश्चितता गरियोस्।’

त्य�