जारी सूचना अनुसार गदगुनासो दर्ताका लागि टोल फ्री नम्बर ११११ मा फोन गर्न सकिनेछ भने अनलाइनमार्फत पनि https/gunaso.opmcm.gov.np/register मा गई गुनासो पेस गर्न सकिने व्यवस्था छ ।

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक सूचना जारी गदै ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको हो ।गत चैत ३० देखि २०८३ वैशाख ७ गतेसम्म देशभरका तीनै तहका सरकारी निकायमा उक्त अभियान सञ्चालन गरिएको थियो ।

जारी सूचना अनुसार गदगुनासो दर्ताका लागि टोल फ्री नम्बर ११११ मा फोन गर्न सकिनेछ भने अनलाइनमार्फत पनि https/gunaso.opmcm.gov.np/register मा गई गुनासो पेस गर्न सकिने व्यवस्था छ ।

© 2026 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer