मोटरसाइकल दुर्घटनामा मृत्यु भएका ट्राफिक प्रहरीका निरीक्षक (इन्स्पेक्टर) अभय लामाको दाहसंस्कारमा गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छन् ।
काठमाडौंको तार्केश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका लामाको शुक्रबार दाहसंस्कार भएको हो । दाहसंस्कारमा सहभागी गृहमन्त्री गुरुङले लामाको शव बोकेका हुन् ।

२०८२ चैत २९ मा तार्केश्वर नगरपालिका–८ स्थित डाँडागाउँमा लामाले चलाएको बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
इन्स्पेक्टर लामाको उपचारको क्रममा बीएन्बी अस्पतालमा मृत्यु भएको थियो ।
जापानमा रहेकी उनकी पत्नी र परिवारका सदस्य आउन ढिला भएपछि शुक्रबार उनको दाहसंस्कार गरिएको हो ।
इन्स्पेक्टर लामा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए ।



